Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा सुरुवाती देखि नै घर्ति र पुनको अग्रता

२०७९ मंसिर ६
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा प्रतिनिधिसभामा पूर्ण घर्ती मगर र प्रदेश नम्वर १ मा सुरल पुनको अग्रता कायमै रहेको छ ।

मंगलबार बिहान ९ बजेसम्म भएको ३ हजार २५१ मतपत्रको गणना अनुसार वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार पुर्ण घर्ती मगरले १९७९ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

उहाँलाई पछ्याउदै नेकपा एमालेका उम्मेदवार कैलाश कुमार मल्लले ६८० मत ल्याउनुभएको छ भने स्वतन्त्र तर्फका उम्मेदवार चन्द्रराज झाँक्रीले २२२ मत ल्याउनभएको छ । राप्रपा नेपालका खिमबहादुर खत्रीको मत १५ रहेको छ ।

त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र नं १ तर्फ पनि स्वतन्त्र उम्मेदवार सुरल पुनको अग्रता कायमै रहेको छ ।

स्वतन्त्र उम्मेदवार पुनले १५०५ मत ल्याउनुभएको छ भने वाम लोकतान्त्रिक गठबन्धनका तर्फबट माओवादीका उम्मेदवार तेजबहादुर ओली १३२९ र स्वतन्त्र तर्फबाट ध्रुवकुमार पुनले २३७ मत ल्याउनभएको छ ।

मतगणना जारी रहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ०९:११
प्रतिक्रिया दिनुहोस्