गगन थापाको ह्याट्रिक जित

काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकाल्नुभएको छ । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकाल्नुभएको हो ।

भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गर्नुभयो । गगन थापाले २१ हजार ३०२ मत पाउँदा नेकपा एमालेका उम्‍मेदवार राजन भट्टराईले १३ हजार ८५५ मात्र मत प्राप्त गर्न सफल भए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १२:११
प्रतिक्रिया दिनुहोस्