Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गठबन्धनका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार

२०७९ मंसिर ६
tribeni2

रुकुम पूर्व /  रुकुम पूर्वको प्रदेश निर्वाचन क्षेत्र नम्वर १ मा स्वतन्त्र उम्मेदवारले वाम लोकतान्त्रिक गठबन्धन तर्फका उम्मेदवारलाई पछि पारेका छन् ।

स्वतन्त्र उम्मेदवार सुरल पुनले माओवादी केन्द्रका उम्मेदवार तेजबहादुर ओलीलाई पछाडि पारेका हुन् । पुनले ओलीलाई ११२ मतले पछाडि पारेका हुन् । दिउँसो १ बजेसम्म मत गणना हुँदा स्वतन्त्र उम्मेदवार पुनको मत२ हजार ५९९ रहेको छ भने ओलीको दुई हजार ४८७ रहेको छ ।

यस क्षेत्रमा ५८.७२ प्रतिशत अर्थात १० हजार ४४९ मत खसेको थियो । अब उक्त क्षेत्रमा भुमे गाउँपालिकाका ५ वटा वडा र पुथा उत्तरगंगाको एक वटा वडाको मत गणना गर्न बाँकि रहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्