Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा मतगणना जारी : सुरुवाती देखि घर्ती र पुनको अग्रता

२०७९ मंसिर ६
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा प्रतिनिधिसभा सदस्यमा पूर्ण घर्ती मगर र प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा सुरल पुनको अग्रता कायमै रहेको छ ।

प्रतिनिधिसभा तर्फ सात हजार ८२० मतगणना हुँदा माओवादी केन्द्रका उम्मेदवार घर्तीले चार हजार ६७५ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका कैलाश कुमार मल्लले एक हजार ९४५ मत ल्याउन भएको छ भने स्वतन्त्र उम्मेदवार चन्द्रराज झाँक्रिले ३४६ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी राप्रपाका खिमबहादुर खत्रीले ५३, मंगोल नेशनल अर्गनाईजेशनका रतन बहादुर बुढाले ३०४ र नेपलिज पिपुल्स पार्टीका बलबहादुर बुढाले २२६ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी प्रदेश सभा १ तर्फको मतगणनामा स्वतन्त्र उम्मेदवार सुरल पुनको सुरुदेखिकै अग्रता कायम रहेको छ । प्रदेश तर्फको सात हजार ८४८ मत गणना हुँदा सुरलले तीन हजार ३२४ ल्याउनु भएको छ भने माओवादी केन्द्रका तेजबहादुर ओलीले तीन हजार दुई मत ल्याउनुभएको छ ।

त्यसैगरी स्वतन्त्र तर्फका अर्का उम्मेदवार ध्रुव कुमार पुनले ८५९, एमालेका तेजेन्द्र बुढाले ३०४ र मंगोल नेशनल अर्गनाईजेशनका पुरा पुनले ५५ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणना जारी रहेको छ । प्रदेश निर्वाचन क्षेत्र १ को मतगणना सकिएपछि २ नम्वरको मतगणना सुरु हुने बताईएको छ । रुकुम पूर्वमा रहेका ३४ हजार ११२ मतदाता रहेकोमा २१ हजार १४६ मत खसेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्