Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दोश्रो चरणको मतगणनामा जनार्दनको करिब दोब्बर अग्रता

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका माओवादी केन्द्रका नेता जनार्दन शर्माले करिब दोहोरो मतले अगुवाई गर्नुभएको छ ।

मंगलबार बेलुकासम्म १५९३ मत गन्दा शर्माले ८५७ मत प्राप्त गर्नुभएको छ ।

नेकपा एमालेका नन्दराम देवकोटाले ४८९ मत ल्याउनुभएको छ भने स्वतन्त्र उम्मेदवार तारक केसीले ७९ मत ल्याउनुभएको छ । त्यसैगरी राप्रपाका दिपक मल्लले ७६, मंगोल नेशनल अर्गनाईनेशनका हरिबहादुर पुनले २ र अर्का स्वतन्त्र उम्मेदवार राजन पाण्डेले ४ मत ल्याउनु भएको मुख्य निवौचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेश निर्वाचन क्षेत्र १ मा नेकपा माओवादी केन्द्रका महेन्द्र केसीले अगुवाई गरिहरनुभएको छ । केसीले ३५५, नेकपा एमालेका नारायण कुमार शाहले १९८ र राप्रपाका बिनोद कुमार शाहले १६० मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी प्रदेश सभा निर्वाचन नं. २ मा नेकपा माओवादी केन्द्रका राजकुमार शर्माले ४९९, नेकपा एमालेका कर्णबहादुर घर्तिमगरले ३०१ र राप्रपाका निर्जल केसीले २० मत ल्याउनुभएको छ ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १८:११
प्रतिक्रिया दिनुहोस्