Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा मतान्तर बढाउदै माओवादी, पछ्याउदै एमाले

जनार्दन शर्मा दुई हजार ४१६ मतले अगाडि
tribeni2

रुकुम पश्चिम / एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको रुकुम पश्चिममा मंसिर ४ गते भएको मतदान पश्चात मतगणना कार्य जारी रहेको छ । बुधबार बिहान सम्मको मतपरिणाम अनुसार प्रतिनिधिसभा र प्रदेश सभामा माओवादी केन्द्रका उम्मेदवारको अग्रता रहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६ हजार ४०२ मत गणना हुँदा प्रतिनिधि सभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहनुभएका माओवादी केन्द्रका नेता जनार्दन शर्माले ४ हजार दश मत ल्याएर मतान्तर बढाईरहनुभएको छ । उहाँले एमालेका नन्दराम देवकोटालाई दुई हजार ४१६ मतले पछि पार्नुभएको छ । देवकोटाले एक हजार ५९४ मत ल्याउनुभएको छ ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार तारक केसीले ३९०, राप्रपाका दिपक मल्लले .१६१, मंगोल नेशनल अर्गनाईजेशनका हरिबहादुर पुनले ११ र स्वतन्त्र उम्मेदवार राजन पाण्डेले ११ मत ल्याउनुभएको छ ।

त्यसैगरी प्रदेश सभा (क) तर्फ वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहनुभएका माओवादी केन्द्रका महेन्द्र केसीले दुई हजार २३५ मत ल्याउँदा नेकपा एमालेका नारायणकुमार शाहले ७४१ मत सहित पछ्याईरहनु भएको छ भने राप्रपाका बिनोद कुमार शाहले २५४ ल्याउनुभएको छ ।

प्रदेश सभा (ख) मा पनि वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहनुभएका माओवादी केन्द्रका राजकुमार शर्माले एक हजार ७६५, एमालेका कर्ण बहादुर घर्ती मगरले ९६४ र राप्रपा निर्जल केसीले.१७१ मत प्राप्त गर्नुभएको छ ।

रुकुम पश्चिममा एक लाख चार हजार २८० मतदाता रहेकोमा ६० हजार ५२७ मत खसेको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०७:११
प्रतिक्रिया दिनुहोस्