सोसल मिडिया
जाजरकोट / जाजरकोटमा रहेका दुवै प्रदेश सभामा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बिजयी भएका छन । प्रदेश सभा (क) मा नेपाली कांग्रेसका देवराज सिंह र प्रदेश सभा (ख) मा राजिव शाह विजयी हुनु भएको छ । सिंहले नेकपा (एमाले) का उम्मेदवार डम्बरबहादुर सिंहलाई पछि पार्दे विजयी हुनु भएको हो ।
विजयी देवराज सिंहले १८ हजार ५४३ मत ल्याउनु भएको थियो भने एमालेका सिंहले ११ हजार ४७० मत ल्याउनु भएको थियो । त्यसै गरी स्वतन्त्र उम्मेदवार कमन बहादुर खड्काले चार हजार ४४६ मत ल्याउनु भएको थियो । यस्तै प्रदेश सभा (ख) मा राजिव शाहले १६ हजार ४० मत प्राप्त गरी विजयी हुनु भएको हो ।
शाहले १६ हजार ४० मतका साथ प्रदेश सभामा विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेकपा एमाले खिमबहादुर शाहीले १० हजार ५ सय ३० मत प्राप्त गर्नु भएको छ । नेपाली काँग्रेसका शाहले शाहीलाई ५ हजार ५१० मतको मतान्तरको फराकिलो अन्तरमा विजयी हुनु भएको हो ।