Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्व : प्रदेश सभा (ख) मा डिबीको भारी मतान्तर

२०७९ मंसिर ७
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको प्रदेश सभा (ख) मा नेपाली काँग्रेसका उम्मेदवार धनबहादुर केसी (डिबी) भारी मतान्तर सहित अग्रस्थानमा रहनुभएको छ । ७ हजार ९७९ मत गणना हुँदा वाम लोकतान्त्रिक गठबन्धका साझा उम्मेदवार समेत रहनुभएका केसीले ३ हजार ४१८ मत ल्याउनु भएको छ । उहाँ १ हजार ४३२ मतका साथ अगाडि हुनुहुन्छ ।

उहाँका निकटतम् प्रतिश्पर्धी स्वतन्त्र उम्मदेवार नरहरि खड्काले एक हजार ९८६ मत ल्याउनु भएको छ भने नेकपा एमालेका भावना विसीले एक हजार ३३४ मत ल्यानुभएको छ । त्यसैगरी स्वतन्त्र उम्मेदवार केशव रावलले ७७०, राप्रपाका केशवचन्द्र समालले ९८ मत ल्याउनुभएको छ ।

यस क्षेत्रमा ६५.२० प्रतिशत मत खसेको थियो । जम्मा खसेको १० हजार ६५१ मत मध्य चार हजार ८८६ पुरुष र पाँच हजार ७६५ महिला मतदाताले मतदान गरेका हुन् ।

प्रदेश सभा (क) तर्फ स्वतन्त्र उम्मेदवार सुरुल पुनले जित हाँसिल गर्नुभएको छ भने प्रतिनिधिसभामा माओवादीका पूर्ण घर्तिमगरले अग्रता लिनुभएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्