Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिन्धुली २ बाट माओवादी केन्द्रकाे प्रतिनिधिसभामा पहिलो जित

tribeni2

सिन्धुली / नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सिन्धुली क्षेत्र २ मा पहिलो विजयी खाता खोलेको छ ।

सत्ता गठबन्धन दलको तर्फबाट नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज लेखनाथ दाहाल 'राजन' भारी मतका साथ विजयी हुनुभएकाे छ ।

उहाँले २७ हजार ५१७ मत लिनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मदेवार मनोजजङ्ग थापाले छ हजार १६२ मत मात्र प्राप्त गर्नुभएको छ । उहाँबीच २१ हजार ३५५ मतको अन्तर छ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्