Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वको प्रदेश सभा ख मा काँग्रेसका धनबहादुर विजयी

२०७९ मंसिर ७
tribeni2

रुकुम पूर्व / रुकुम पूर्व प्रदेशसभा (ख) को मत गणना सम्पन्न । बुधबार दिउँसो सम्पन्न मत परिणाम अनुसार वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएका नेपाली काँग्रेसका धनबहादुर केसी विजयी हुनुभएको छ । उहाँले चार हजार ८६२ मत ल्याएर विजयी हुनुभएको हो ।

दुई हजार ६१८ मतले स्वतन्त्र उम्मदेवार नरहरि खड्कालाई पछि पार्दै उहाँले जित हाँसिल गर्नुभएको हो ।

स्वतन्त्र उम्मेदवार खड्काले दुई हजार २४४ मत ल्याउनु भएको छ । त्यसैगरी नेकपा एमालेका भावना बिसीले एक हजार ८६३, अर्का स्वतन्त्र उम्मेदवार केशव रावलले ८४०, राप्रपाका केशवचन्द्र समालले २६६ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभा क मा स्वतन्त्र उम्मेदवार सुरुल पुनले जित हाँसिल गर्नुभएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्