Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पुर्वबाट प्रतिनिधि सभाका सदस्य पुर्ण बहादुर घर्ती विजयी

२०७९ मंसिर ७
tribeni2
 
रुकुम पुर्व / रुकुम पुर्वबाट प्रतिनिधि सभाका सदस्य पुर्ण बहादुर घर्ती विजयी हुनुभएको छ ।
 
प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार कैलाश कुमार मल्लमाथी फराकिलो मतान्तरले गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका घर्तीले विजयी हासिल गर्नुभएको हो ।

विजयी घर्तिले १२ हजार २ सय ६२ मत प्राप्त गर्नुभएको छ । मत ल्याउदा एमालेका कैलाश कुमार मल्लले ५ हजार २ सय ११ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिनुभयो । उहाका अनुसार स्वतन्त्र उम्मेदवार चन्द्रराज झाक्रीले ८ सय ९६ मत प्राप्त गर्दा नेसनल मंगोल अर्गनाइजेसन पार्टिका रतन बुढाले ४ सय ६४ र राप्रपाका खिम बहादुर खत्रीले ५ सय ८६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेस्नालिस्ट पिपल्ल्स पार्टिका बल बहादुर बुढाले ३ सय ३ मत प्राप्त गर्नुभएको छ । रुकुम पुर्वमा कुल ३४ हजार १ सय १२ मतदाता संख्या रहेकोमा २१ हजार ९० अर्थात ६१।८२ प्रतिशत मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार १० हजार १ सय ८७ पुरुष र १० हजार ९ सय ३ जना महिलाले मतदान गरेका थिए ।

यश जिल्लामा ४४ ओटा मतदान स्थल र ५६ वटा मतदान केन्द्र छन् । एउटा अस्थायी मतदान केन्द्र थप गरि ५७ ओटा मतदान केन्द्रबाट मतदान गरिएको थियो ।

अहिले प्रतिनिधि सभा सदस्यमा निर्वाचित घर्ती २०७४ सालको प्रदेशसभाको निर्वाचनमा विजयी भई पाँच वर्षको कार्यकालमा लुम्बिनी प्रदेशको सभामुखको भुमिकामा रहनुभएको थियो

 

 

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्