Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुममा फराकिलो मतान्तर पार्दै गठबन्धनका उम्मेदवार

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्माले फराकिलो मतका साथ प्रतिश्पर्धीलाई पछाडि पार्नुभएको छ ।

बुधबार बेलुका सार्वजनिक गरिएको मत परिणाम अनुसार प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ १४ हजार ४५४ मत गणना हुँदा शर्माले ९ हजार १०९ मत ल्याएर अग्रता लिईरहनुभएको छ । उहाँलाई नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले पछ्याईरहनुभएको छ । देवकोटाले तीन हजार ६९६ मत ल्यानुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार तारक केसीले ७५३, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक मल्लले २७०, मंगोल नेशनल अर्गानाईजेशनका हरिबहादुर पुनले ४७ र स्वतन्त्र उम्मेदवार राजन पाण्डेले २० मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा आठ हजार ६८ मत गण्ना गर्दा माओवादीका महेन्द्र केसीले पाँच हजार २७८ मत ल्याउनुभएको छ भने नेकपा एमालेका नारायण कुमार शाहले दुई हजार १०८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनोद कुमार शाहले ३८९ मत ल्याउनुभएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं.२मा पनि माओवादी केन्द्रका राजकुमार शर्माले अग्रता लिईरहनुभएको छ । जम्मा ६ हजार २६९ मत गणना हुँदा शर्माले तीन हजार नौ सय, नेकपा एमालेका कर्णबहादुर घर्तीले एक हजार ८५७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्जल केसीले ३२३ मत प्राप्त गर्नुभएको छ ।

रुकुमपश्चिममा एक लाख चार हजार २८० मतदाता रहेकोमा ६० हजार ५२७ मत खसेको थियो । मतगणना प्रक्रियामा ढिलाई भएको भन्दै उम्मेदवारहरु समेतले गुनासो गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थल बढाएर मतगणना गर्ने जनाएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:११
प्रतिक्रिया दिनुहोस्