Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाजरकोटमा माओवादी केन्द्रका शक्ति बस्नेत विजयी

tribeni2

जाजरकोट / जाजरकोटबाट प्रतिनिधि सभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनको तर्फवाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत विजयी हुनुभएको छ ।

कुल ६५ हजार ६६१ मतमध्ये बस्नेतको पक्षमा ३४ हजार १५१ आएको छ । उहाँले नेकपा एमालेका निरज आचार्यलाई ९ हजार ३१ मतले पराजित गर्नुभएको छ ।

एमाले नेता आचार्यले २५ हजार १२० मत प्राप्त गर्नुभएको छ । 

बस्नेत योसँगै तीन पटक संसदीय निर्वाचनमा विजयी हुनुभएको हो । संविधान सभाको दोस्रो निर्वाचन २०७०, २०७४ सालमा भएको निर्वाचनमा बस्नेत निर्वाचित हुनुभएको थियो । यसअघि बस्नेत स्वास्थ्य मन्त्री, गृहमन्त्री र वन तथा वातावरण मन्त्रीसमेत हुुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्