Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जुम्ला : प्रतिनिधिसभामा ज्ञानेन्द्र शाही विजयी

tribeni2

जुम्ला /  एक मात्र निर्वाचन क्षेत्र भएको जुम्ला प्रतिनिधिसभामा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) फराकिलो मतले विजयी हुनुभएको छ । 

मुख्य निर्वाचन अधिकृतका अनुसार राप्रपाका शाहीले २२ हजार ८१९ मत ल्याएर विजयी भएको जानकारी दिएको छ । सत्ता गठबन्धनका उम्मेदवार गोमा गौतम कुँवरलाई १० हजार ८६० मतान्तरले पराजित गर्दै शाही विजय हुनुभएको हो ।

शाहीका प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी) का गोमा गौतम कुँवरले ११ हजार ९५९ मत प्राप्त गर्नुभयो । 

जुम्लामा जम्मा खसेको ६८ हजार ६ सय ३८ मत मध्य ४५ हजार २ सय ८४ मत खसेको थियो । 

जुम्लाको संसदीय निर्वाचनको इतिहासमा २०४८ सालमा नेपाल मजदुर किसान पार्टीबाट डिल्लीबहादुर महत, २०५१ सालमा नेमकिपाबाटै भक्तबहादुर रोकाया, वि.सं २०५६ सालमा नेकपा एमालेका देविलाल थापा, वि.सं २०६४ सालमा नेकपा माओवादीका नरेश भण्डारी, २०७० सालमा नेपाली कांग्रेसका ललितजंग शाही, २०७४ सालमा नेकपा माओवादीका गजेन्द्रबहादुर महतले विजय हासिल गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्