Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्युठानबाट प्रतिनिधिसभामा सूर्य थापा निर्वाचित

tribeni2

प्युठान / प्यूठानबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का सूर्य थापा निर्वाचित हुनुभएको छ ।

अन्तिम मत परिणामअनुसार थापाले ४१ हजार ११८ मत प्राप्त गरी बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार जनमोर्चाका दुर्गा पौडेलले ३५ हजार ८४४ मत पाउनुभएको छ । थापाले ५ हजार २७४ मतअन्तरले जित हासिल गर्नुभएको हो ।

एक मात्र प्रतिनिधि शभा सदस्य निर्वाचन क्षेत्र रहेको प्युठानमा ९ वटा स्थानीय तह रहेको छ । १ लाख ५९ हजार ७६० मतदातामध्ये ८८ हजार ९५८ मत खसेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:११
प्रतिक्रिया दिनुहोस्