Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिम : करिब आधा मतगणना, गठबन्धनको फराकिलो अग्रता कायमै

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा बिहिबार बिहानसम्म खसेको मत मध्य करिब आधा मतगणना भएको छ । जम्मा खसेको ६० हजार ५२७ मत मध्य २९ हजार ८५० को मत परिणाम सार्वजनिक भएको छ ।

मुख्य निर्वाचन अधिृकतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्माको फराकिलो मत कायमै रहेको छ ।

शर्माले १९ हजार ६९३ मत ल्याएर अग्रता लिईरहनुभएको छ । उहाँलाई नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले पछ्याईरहनुभएको छ । देवकोटाले ६ हजार ९५८ मत ल्यानुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार तारक केसीले १ हजार ३८५, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक मल्लले ५०६, मंगोल नेशनल अर्गानाईजेशनका हरिबहादुर पुनले ६६ र स्वतन्त्र उम्मेदवार राजन पाण्डेले ४७ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा १२ हजार ७७१ मत गणना गर्दा माओवादीका महेन्द्र केसीले आठ हजार ६३८ मत ल्याउनुभएको छ भने नेकपा एमालेका नारायण कुमार शाहले तीन हजार १६८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनोद कुमार शाहले ४८१ मत ल्याउनुभएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा पनि माओवादी केन्द्रका राजकुमार शर्माले अग्रता लिईरहनुभएको छ । जम्मा १६ हजार ९६१ मत गणना हुँदा शर्माले १० हजार ८०४, नेकपा एमालेका कर्णबहादुर घर्तीले चार हजार ९०७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्जल केसीले ४८१ मत प्राप्त गर्नुभएको छ ।

रुकुमपश्चिममा एक लाख चार हजार २८० मतदाता रहेकोमा ६० हजार ५२७ मत खसेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:११
प्रतिक्रिया दिनुहोस्