Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
गिरिराजमणि पोखरेल

आधारभूत शिक्षा नलिने व्यक्ति सरकारी सेवाबाट बञ्चित

झापा २९ बैशाख
tribeni2

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आधारभुत तहसम्मको शिक्षा नलिने व्यक्ति राज्यको सेवा सुविधाबाट बञ्चित हुने बताएका छन् ।

झापामा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले आधारभूत तहसम्मको शिक्षा नलिने व्यक्तिले बैंक खाता समेत खोल्न नपाइने भएकोले सेवा सुविधाबाट बञ्चित हुने बताए ।

अहिले स्थानीय सरकारले नीति विपरित धमाधम शिक्षक भर्ना गरिरहेकोले शिक्षक भर्ना आयोगले मात्रै गर्न पाउने अधिकार रहेको उनले प्रष्ट पारे ।
नयाँ शैक्षिक सत्र शुरु भइसकेकोले सामुदायिक विद्यालयले कुनै पनि शिर्षकमा शुल्क लिन नमिल्ने बताए ।

मन्त्री पोखरेलले झापाका केही सरकारी विद्यालयले विद्यार्थीबाट शुल्क लिएको विषय जानकारी आएकोले त्यस्तो कार्य तुरुन्त बन्द गर्न पनि आग्रह गरे

 

प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६  १२:०५
प्रतिक्रिया दिनुहोस्