Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान

२०७९मंसिर ८
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयको आयोजनामा रुक्मिणी मा बि को सभाहलमा निर्वाचित सांसदहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

प्रतिनिधि सभा तर्फ जिल्लाबाट निर्वाचित माओवादी केन्द्रका पुर्ण बहादुर घर्ती, प्रदेश सभा सदस्य क्षेत्र नम्बर (क) मा स्वतन्त्र बाट सुरुल पुन मगर र प्रदेश (ख) मा नेपाली काङ्ग्रेस का धन बहादुर के सि विजयी हुनुभएको छ ।

विजयी तिनै जनालाई मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले प्रमाणपत्र प्रदान गर्नुभएको हो । यस्तै निर्वाचनलाई सफल बनाउ महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने प्रमुख जिल्ला अधिकार तुलाराज सुनुवारसँगै सुरक्षा निकायका प्रमुखलाई पनि सम्मान पत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत घिमिरेको अध्यक्षतामा भएको प्रमाणपत्र प्रदान कार्यक्रमको सञ्चालन जिल्ला निर्वाचन अधिकारी तेज कुमार ओलिले गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्