Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिम प्रदेशसभा (ख) बाट शर्मा विजयी

tribeni2

रुकुम पश्चिम / दुई प्रदेश निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा प्रदेशसभा (ख) को मत परिणाम सार्वजनिक भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार प्रदेशसभा (ख) मा माओवादी केन्द्रका राजकुमार शर्मा विजयी हुनुभएको छ । २९ हजार ३४५ सदर मत मध्य शर्माले २० हजार १६० मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर घर्ती मगरले आठ हजार ८७ मत ल्याउनुभएको छ । १२ हजार ७३ मतान्तरले शर्मा विजयी हुनुभएको हो । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्जल केसीले एक हजार १०७ मत प्राप्त गर्नुभएको छ ।

वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार रहनुभएका प्रदेशसभा सदस्यमा विजयी शर्मा माओवादी केन्द्रको पोलिट ब्युरो सदस्य समेत हुनुहुन्छ । यस अघि उहाँ जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख समेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्