Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिम प्रदेशसभा (क) बाट महेन्द्र केसी विजयी

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिम प्रदेशसभा (क) मा माओवादी केन्द्रका महेन्द्र केसी विजयी हुनुभएको छ ।

केसीले १९ हजार ३३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नारायण कुमार शाहले आठ हजार ८१ मत ल्याउनुभएको छ । १० हजार ९५२ मतान्तरले केसी विजयी हुनुभएको हो ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनोद कुमार शाहले एक हजार ११ मत प्राप्त गर्नुभएको छ । विजयी हुनुभएका केसी वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुनुहुन्थ्यो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:११
प्रतिक्रिया दिनुहोस्