Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

यो जित अग्रगामी जनताको हो : जनार्दन शर्मा

'चुनावी प्रतिबद्धता कार्यान्वयन गर्छु'
tribeni2

रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अर्थमन्त्री एवम् माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफ्नो जितलाई अग्रगामी जनताको जितको रुपमा लिएकाे जनाउनुभएकाे छ ।

निर्वाचित भएपछि मतदाता र सम्पूर्णमा धन्यबाद दिनुहुँदै शर्माले आफ्नो टिकको तर्फबाट गरेका प्रतिबद्धताहरुलाई आमजनसमुदाय र पार्टीसमेतको सहकार्यमा कार्यान्वयन गर्ने जनाउनुभएको छ ।

उहाँले उत्पादन, रोजगार, समृद्धि, सामाजिक, सांस्कृतिक रुपान्तरण अभियानमार्फत रुकुम जिल्लालाई समृद्ध र समुन्नत बनाउन साझा प्रयास हुने बताउनुभएको छ । यसका साथै रुकुमेली जनताको अपेक्षाका साथै राष्ट्रिय आवश्यकता र कार्यभार पुरा गर्न इमानदारी पूर्वक प्रयास गर्ने शर्माले उल्लेख गर्नुभएको छ ।

निर्वाचनमा अमूल्य दिने मतदाताहरु, पार्टी, निर्वाचन सम्पन्न गर्न नेतृत्वदायी भूमिका खेल्ने प्रमुख निर्वाचन अधिकृत, प्रशासन, सुरक्षा प्रमुखसहित समस्त राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीहरु, देशविदेशमा रहनुहुने शुभचिन्तकहरुलाई उहाँले धन्यबाद तथा आभार प्रकट गर्नुभएको छ ।

यसका साथै प्रतिस्पर्धामा सहभागी विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुका साथै गठबन्धन नेता–कार्यकर्ता सबैलाई धन्यवाद दिनुभएको छ ।

रुकुम पश्चिममा जनार्दन शर्मा तेब्बर भन्दा बढी मतले विजयी

प्रतिक्रिया दिनुहोस्