Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा ७७५ म्यादी प्रहरीको बिदाई

tribeni2

रुकुम पश्चिम / प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिमका विभिन्न मतदान स्थलमा खटिएका म्यादी प्रहरीलाई बिदाइ गरिएको छ । ५०५ जना पुरुष र २७० जना महिला गरेर जम्मा ७७५ जना म्यादी प्रहरीको बिदाई गरिएको हो ।

म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड अनुसार नियुक्त भई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत रहि निर्वाचनका लागि जिल्लाका १३९ वटा मतदान केन्द्र, दुई अस्थायी मतदान केन्द्र, मोबाइल तथा रिजर्भ डिउटीमा खटाईएका म्यादी प्रहरीलाई निर्वाचन सम्पन्न भएसँगै बिदाइ गरिएको हो ।

मुसिकोट नगरपालिका १ बहाराटाकुरामा आयोजित बिदाई समारोहमा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले म्यादी प्रहरीले इमानदारीतापूर्वक जिम्मेवारी निभाएको बताउनुभयो । उहाँले देशको महत्वपूर्ण घडिमा म्यादी प्रहरीले इमानदारीतापूर्वक गरेको कामले चुनाव शान्तीपूर्वक सम्पन्न भएको जनाउनुभयो ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) बिष्णुप्रसाद सोतीले म्यादि प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको र उहाँहरुलाई दिइएको जिम्मेवारी उच्च मनोवलका साथ पूरा गर्नुभएको बताउनुभयो ।

बिदाइ कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै डिएसपी सोतीले अनुशासित, त्रुटीरहित ढङ्गले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन म्यदी प्रहरीले उल्लेख्य भूमिका निर्वाह गरारेको जनाउनुभयो ।

निर्वाचनका लागि खटिनुभएका म्यादी प्रहरीहरुलाई प्रमुख जिल्ला अधिकारी घिमिरे, डिएसपी सोती लगायतले प्रमाणपत्र सहित बिदाई गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०८:११
प्रतिक्रिया दिनुहोस्