Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
आइपिएल क्रिकेट

आइपियलमा आज उपाधी भिडन्त

सन्दीप स्वदेश फर्कने
काठमाडौँ २९ बैशाख
tribeni2

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज उपाधि भिडन्त हुदैछ । उपाधिका लागि आज बेलुकी हैदरावादमा मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंस भिडैछन् ।

खेल बेलुकी पौने ८ बजे शुरु हुनेछ । मुम्बई र चेन्नाई उपाधिका लागि चौथो पटक भिड्न लागेका हुन् । दुवै टिम उपाधि उचाल्ने दाउका साथ मैदान उत्रँदैछन् ।

यसअघि सन २०१०, २०१३ र २०१५ मा फाइनलमा यी दुबै फाइनलमा भिडन्त भएको थियो । जसमा मुम्बईले २०१३ र २०१५ मा गरी दुइपटक उपाधि जितेको थियो भने चेन्नाईले २०१० को उपाधि हात पारेको थियो ।

यसैबिच आईपीएल क्रिकेट खेलेर नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आज स्वदेश फर्कने भएका छन् । दिल्ली क्यापिटल्सबाट आइपिएल खेलेका सन्दिप आज फर्कन लागेका हुन् ।

नेपाली राष्ट्रिय टोलीका टिम व्यवस्थापक रमन शिवाकोटीका अनुसार सन्दिप दिउँसो नेपाल आइपुग्नेछन् । यस सिजनमा आइपिएलमा सन्दीपले ६ खेल खेल्दै ८ विकेट लिएका थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६  १२:०५
प्रतिक्रिया दिनुहोस्