Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

निर्वाचित उम्मेदवारहरुलाई प्रमाणपत्र प्रदान

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा नव निर्वाचित उम्मेदवारहरुलाई प्रमाण–पत्र प्रदान गरिएको छ ।

शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक समारोह आयोजना गरेर जिल्लाबाट निर्वाचित हुनु भएका प्रतिनिधिसभा र प्रदेशसभाका सांसदलाई प्रमाण–पत्र प्रदान गरिएको हो ।

प्रतिनिधिसभामा निर्वाचित नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा, प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ निर्वाचित मेहन्द्र केसी र निर्वाचन क्षेत्र नं. २ निर्वाचित राजुकमार शर्मालाई प्रमाण–पत्र प्रदान गरिएको हो । प्रदेशसभा सदस्य केसी र शर्मा पनि माओवादी केन्द्रका हुनुहुन्छ ।

मुख्य निर्वाचन अधिकृत खड्कबहादुर केसीले प्रमाण–पत्र प्रदान गर्नुभएको हो ।


तस्बिरहरु :

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्