Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पहिलो चौमासिकमा कृषि कार्यालयको ६.९० प्रतिशत मात्रै बजेट खर्च

२०७९ मंसिर ९
tribeni2

रुकुम पुर्व / एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पुर्वले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ६.९० प्रतिशत बजेट खर्च गरेको छ ।

कार्यालयले आज भुमे गाउँपालिकामा स्थानीय तहसँग योजना तर्जुमा तथा प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठीको आयोजना गरि पहिलो चौमासिकमा ६.९० प्रतिशत मात्र बजेट खर्च भएको जानकारी गराएको हो । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले चौमासिक गतिविधि प्रस्तुत गर्दै चौमासिक अवधिको लागि छुट्याइएको बजेटको २६.५१ प्रतिशत अर्थात ४६ लाख ५ हजार २ सय ८५ रुपैया बजेट र वार्षिक बजेटको जम्मा ६.९० प्रतिशत खर्च भएको जानकारी गराउनुभयो ।

उहाका अनुसार कार्यालयबाट चालू आर्थिक वर्षमा रुकुम पुर्वको लागि ६ करोड ७३ लाख ८८ हजार बजेट विनियोजन भई आएको थियो भने पहिलो चौमासिकको लागि एक करोड ७५ लाख ५ हजार ४ सय रुपैया बजेट विनियोजन गरिएको थियो । पहिलो चौमासिक अवधिमा सिचाइ सहित कृषि विकास कार्यक्रम, लसुन प्याज प्रवर्द्धन कार्यक्रम, बिउँमा आत्मनिर्भर कार्यक्रम, तरकारी पुष्प तथा फलफुल नर्सरी स्थापना तथा सुदुदृढिकरण, प्रांङ्गारिक टोल विकास, रस्टिक स्टोर नीर, मागमा आधारित व्यवसायीक कृषि र पशु कार्यक्रम सञ्चालन गरिएको छ ।

यसैगरी भैसी, बंगुर, बाख्रा प्रवर्द्धन कार्यक्रम, घुम्ती शिविर, हिउदे मकै बाली प्रदर्शन, प्राङ्गारिक मल उत्पादनमा प्रोत्साहन लगाएतका कार्यक्रमहरु सञ्चालन गरिएको कार्यालय प्रमुख बस्नेतले जानकारी गराउनुभएको छ ।

भुमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख र सिस्ने गाउँपालिका अध्यक्ष कृष्रेग्मी, प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा भुमे गाउँपालिका उपाध्यक्ष सविना बुढा, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, ३ वटै गाउँपालिकाका कृषि र पशु शाखाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो । भुमे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले गर्नुभएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्