Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पुर्वमा लैङ्गिक हिंसा विरुद्ध को १६ दिने अभियान सुरु

२०७९ मंसिर ९
tribeni2

रुकुम पुर्व / रुकुम पुर्वमा लैङ्गिक हिंसा विरुद्ध को १६ दिने अभियान कार्यक्रम उद्धाटन गरिएको छ । ''सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्दको अभियान" भन्ने मुल नाराका साथ महिला तथा बालबालिका शाखा सिस्ने गाउपालिकाको आयोजना तथा जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुको समन्वयमा कार्यक्रम उद्घाटन गरिएको हो ।

शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालयबाट सुरु भएको प्रभात फेरि जिल्ला समन्वय समितीको आँगनमा पुगेर कार्यक्रम को उद्घाटन गरिएको हो । शुक्रबार उद्घाटन गरिएको कार्यक्रममा आगामी २४ गतेसम्म विभिन्न कार्यक्रम हरु सन्चालन गरि १६ दिने अभियान सम्पन्न गरिने सिस्ने गाउपालिका महिला तथा बालबालिका निरीक्षक सुनिता खड्काले बताउनुभयो । जिल्लाका ३ वटै पालिकाको विभिन्न ठाउमा जनचेतनामुलक सडक नाटक प्रदर्सन का साथै लोकदोहोरी प्रतियोगिताको आयोजना गरिने खड्काले बताउनु भयो ।

सिस्ने गाउपालिकाका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठ को प्रमुख आतिथ्यता रहेको थियो भने प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारको विशेष आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा जिला स्थित सुरक्षा निकायका प्रमुख हरु लगाएतको उपस्थिति रहेको थियो कार्यक्रमको संचालन पत्रकार उर्मिला गौतमले गर्नु भएको थियो ।।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्