Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पत्रकारहरुको लागि आँखा स्वास्थ्य तालिम

२०७९ मंसिर ९
tribeni2

रुकुम पश्चिम / रूकुम पश्चिमका संचारकर्मीहरुको लागि एकदिने आधारभूत आँखा स्वास्थ्य तालिम सम्पन्न गरिएको छ ।

शुक्रबार मुसिकोट नगरपालिका १ खलंगामा नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पतालको आयोजनामा उक्त तालिम सम्पन्न गरिएको हो ।

तालिममा विश्व तथा नेपालमा अन्धोपनको अवस्था, स्वस्थ आँखाका लक्षणहरू, आखाँका भागहरूमा लाग्ने प्रमुख रोगहरू, आँखा स्वास्थ राख्ने उपायहरू र आँखा अस्पताल तथा आाँखा उपचार केन्द्रहरूको बारेमा आँखा अस्पताल राप्तीका बाह्य कार्यक्रम संयोजक शालिकराम गौतमले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, नेत्रज्योति संघ रूकुम पश्चिमका सभापति शिवराम खत्री, जिल्ला अस्पताल रूकुम पश्चिमका अस्पताल विकास समिति अध्यक्ष टेकबहादुर कुसारी, नेपाल पत्रकार महासंघ रूकुमका अध्यक्ष लक्ष्मण केसी लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्