Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
चुनावी सभा

मुलभूत रुपमा गठबन्धन सफल भएको छ : जनार्दन शर्मा

नेताहरुले चुनावी परिणाम भन्दा पहिला विगतको कामको समिक्षा गर्नुपर्छ
tribeni2

रुकुम पश्चिम / अर्थमन्त्री एवम् माओवादी केन्द्रका नेता जनार्दन शर्माले चुनावी परिणाम भन्दा पनि विगतको कामको समिक्षा गर्न जरुरी रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभामा रुकुमपश्चिमबाट विजयीभएपछि गठबन्धन दलद्वारा आयोजित विजय सभालाई सम्बोधन गर्नुहुँदै शर्माले मूलभूत रुपमा गठबन्धन सफल भएको र गठबन्धनको निर्णय कार्यान्वयन भएको बताउनुभयो । जनअपेक्षा अनुरुप विगतमा काम गरियो गरिएन, त्यो कामको समिक्षा गर्ने हो, शर्माले भन्नुभयो नेताहरुले चुनावी परिणामको पश्चाताप गर्नुभन्दा हिजोको कामको पो समिक्षा गर्ने हो ।

चौथो पटक रुकुम पश्चिमबाट निर्वाचित हुनुभएका शर्माले काम गर्ने इच्छाशक्ति र इमान्दार प्रयत्नको खाँचो रहेको बताउनुभयो । स्थानीय स्तरको श्रोत र साधनको उचित प्रयोग मार्फत र गरिबी बिरुद्ध स्वरोजगार सिर्जना गर्न सकिने भएकोले सक्षम र योग्य संरचनाको सुदृढिकरण वर्तमानको आवश्यकता रहेको उहाँले औल्याउनुभयो ।

आफूले गुणस्तरिय भौतिक विकाससँगै सक्षक जनशक्ति र क्षमताको विकासमा जोड दिने शर्माले उल्लेख गर्नुभयो । उहाँले मुलुकको समृद्धिको लागि सपना देख्न सक्ने, सपनालाई योजनामा ढाल्न सक्ने र योजनालाई सहि रुपमा कार्यान्वयन गर्न सक्ने नेतृत्व चाहिएको जनाउनुभयो ।

विजय सभामा शर्माले कसैले लोकतन्त्र र संघीयताको विकल्प खोज्छ भने त्यसले जनताको सहि नेतृत्व गर्न नसक्ने समेत बताउनुभयो । सम्बोधनका क्रममा उहाँले आफू निर्वाचित भएपछि अव माओवादी केन्द्र वा गठबन्धनको मात्र प्रतिनिधि नभई सम्पूर्ण जनताको प्रतिनिधि भएको बताउनुभयो । निर्वाचित प्रतिनिधिले अव कस्ले मत हाले, कस्ले हालेनन् भनेर हिसाब गर्न जरुरी नहरेको जनाउनुभयो ।

विजय सभामा प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर १ बाट निर्वाचित महेन्द्र केसीले अब समाजका तमाम् समस्याहरु साझा मुद्धा बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सामाजिक भेदवाद अन्त्य, रोजगार सिर्जना, सबल समाज निर्माणको लागि आफुले जनताकै बीचमा बसेर काम गर्ने जनाउनुभयो ।

प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर २ बाट निर्वाचित राजकुमार शर्माले अब जनताको कामदारको रुपमा काम गर्ने बेला आएको बताउनुभयो । उहाँले जनता नै मालिक भएकोले व्यवस्थासँगै अवस्था बदल्न जनताकै साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्