Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाल विवाह तथा दाइजो प्रथा विरुद्ध कार्यक्रम सम्पन्न

काठमाडौं २९ बैशाख ।
tribeni2

जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लामा व्याप्त बाल विवाह र दाइजो प्रथालाई लक्षित गर्दै समुदाय-प्रहरी अवधारणा अनुरुप विविध कार्यक्रम संचालन गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख राम एकबाल राय यादवको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी किरण थापाको प्रमुख आतिथ्यतामा गौरको व्यारेक फिल्ड चौरमा संचालि उक्त कार्यक्रममा रौतहट जिल्ला स्थित विभिन्न स्थानिय तहका मेयर, उपमेयर, राजनितिक दलका प्रतिनिधि, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, सरकारी तथा गैर-सरकारी संस्थाका प्रमुखहरु, संचारकर्मी, शिक्षक, सामुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गठन भएका विभिन्न समितिका संयोजक तथा पदाधिकारीहरु, पुर्व प्रहरीहरु, विद्यार्थी लगायत सर्वसाधरण गरी करिव ५ हजारको उपस्थिति रहेको थियो ।

संचालित गतिविधिहरु:

• विहान करिव १०:०० बजेदेखि गौरस्थित श्री आधारभूत विद्यालय बाल मन्दिरको प्राङगणमा नेपाल प्रहरी अस्पताल, जिल्ला गौर अस्पताल र चन्द्रनिगाहपुर अस्पतालका चिकित्सक समूहद्वारा स्वास्थ्य निशुल्क शिविर सुरु गरिएको थियो । करिव ३ बजेसम्म चलेको उक्त शिविरमा करिव ५०० सर्वसाधारणले स्वास्थ्य परीक्षण गराउनुका साथै निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

• सोही कार्यक्रमको अन्तर्गत दिउसो १ बजे नेपाल प्रहरी श्रीमती संघ केद्रीय कार्यालयकाकार्यक्रम सचिव बविता पाल लगायत अन्य पदाधिकारीले नेपाल पुलिस स्कूल गरुडाका कक्षा ८,९ र १० का छात्राहरुसंग अन्तरकृया गरि सेनेटरी प्याड वितरण गरिएको थिए ।

• कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको बाल विवाह तथा दाइजो प्रथा विरुद्ध बृहत सचेतनामूलक कार्यक्रम रौतहटवासीको भव्य उपस्थितिमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा स्कुल तथा मदरसाका छात्राहरु समेतको उल्लेख्य उपस्थिति रहेको थियो ।

• मन्डला थिएटरका कलाकारहरुद्वारा स्थानीय भोजपुरी भाषामा तयार पारिएको “ भुनीयाकि दुनीया” नामक नाटकमार्फत बाल विवाह गर्नु, गराउनु गैर कानुनी कार्य भएको र बाल विवाह गर्दा उत्पन्न हुने असरहरु देखाउन खोजिएको थियो । स्थापित कलाकार प्रेम वर्षा खड्काको लेखन र निर्देशनमा तयार पारिएको नाटकले तराइमा सानो उमेर छोरीको विवाह गर्ने प्रचलनले निमत्याउने परिस्थिति झल्काउन खोजिएको थियो ।

• करिव ३ घण्टासम्म चलेको उक्त कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयका कलाकारहरुले समेत प्रस्तुती गरेका थिए । संगीत विद्यालयका कलाकारले नेपालका विभिन्न संस्कृति झल्काउने नृत्यहरु प्रस्तुत गर्दै गीत, नृत्यमार्फतनै दाइजो तथा बालविवाह गलत हो भन्ने सन्देश समेत दिईएको थिए । त्यसैगरी सोही कार्यक्रममा उपस्थितहरुलाई समुदाय-प्रहरी साझेदारी कार्यक्रमको १५०० व्याच, Anti- Ragging, Anti-bullying का पर्चा समेत वितरण गरिएको थियो ।

• जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले स्वागत मन्तव्य राख्दै समुदाय-प्रहरी साझेदारी कार्यक्रमको अवधारणा र गौरमा बाल विवाह विरुद्धको कार्यक्रम गर्नुको उद्देश्यवारे प्रष्टयाउनु भएको थियो र बाल विवाह तथा दाइजो प्रथा न्यूनीकरण गर्न प्रहरी एक्लैले मात्र नसक्ने हुँदा सर्वपक्षीय प्रयास हुनु पर्नेमा जोड दिए । त्यसैगरी कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्ला प्रहरी कार्यालयको यस प्रकारका कार्यक्रमले समाजमा सकारात्मक सन्देश जाने, थोरै भएपनि बाल विवाह न्यूनीकरण हुने अपेक्षा राखेको बताए ।

उक्त कार्यक्रमहरु गौर नगरपालिका, दुर्गा भगवती गाउँपालिका, उधोग वाणिज्य संघ गौर, माण्डवी गौर, आरडिसी नेपालको सहकार्य रहेको थियो ।

जिल्लाका ग्रामीण क्षेत्रमा हुने बाल विवाह नियन्त्रण, त्यसका विरुद्ध सचेतना वृद्धि गर्ने, अविभावकलाई जागरण गराउने र बालविवाहको उजुरी प्रहरी समक्ष गर्ने पद्धती विकास गर्ने मुल उद्देश्यका साथ आयोजित उक्त कार्यक्रम आगामी दिनमा समेत निरन्तर संचालन गरिने जिल्ला प्रहरी कार्यालय रौतहतले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६  १२:०५
प्रतिक्रिया दिनुहोस्