Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
विजयी विरासत

विजयी विरासत : रुकुममा यसरी बढ्यो जनार्दनको मत

२०७९ मंसिर ११
tribeni2

रुकुम पश्चिम / अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रतिनिधिसभा सदस्यमा रुकुम पश्चिमबाट चौथो पटक शानदार जित हाँसिल गर्नुभएको छ ।

माओवादी शान्ति प्रक्रिया आएयता भएका सबै चुनावमा रुकुमबाट शानदार मतका साथ संसद छिर्नुभएका शर्माले निरन्तर विजयको विरासत कायम गर्दै आउनुभएको छ । उहाँले हरेक चुनावमा आफ्नो मत बढाउँदै लिनुभएको छ ।

यस्तो छ भोटको तथ्यांक :
जनार्दन शर्मा पहिलोपटक २०४८ सालमा चुनावी मैदानमा उत्रिनुभएको थियो । तत्कालिन जनमोर्चाबाट चुनावी मैदानमा होमिनुभएका शर्माले त्यो बेला नेपाली काँग्रेसका गोपालजी जंग शाहसँग करिब ११ सयको मतान्तरले पराजय हुनुपरेको थियो ।

२०५२ सालमा जनयुद्ध सुरु भयो । शर्मा जनयुद्धमा लाग्नुभयो । माओवादी शान्ति प्रक्रियामा आएपछि फेरि संसदिय चुनावमा सहभागि हुनुभयो । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा शर्माले २२ हजार ५७५ मत ल्याएर विजयी हुनुभएको थियो । ४० हजार ६७२ मत खसेकोमा ३९ हजार ५३१ मत सदर भएको थियो । उहाँले ५७.११ प्रतिशत मत पाउनुभएको थियो ।

त्यसपछि २०७० सालमा भएको दोश्रो संविधानसभा को चुनावमा ४९ हजार ०७९ मत खसेको थियो । जसमा ४७ हजार ८५५ मत सदर भएको थियो । शर्माले ३० हजार २७० मत ल्याएर विजयी हुनुभयो । यो कुल सदर मतको ६३.२५ प्रतिशत हो । २०६४ चुनावमा भन्दा ७ हजार ६९५ मत बढी हो ।

त्यसैगरी २०७४ सालको चुनावमा ५५ हजार ४८५ मत खसेकोमा ५१ हजार ९१५ मत सदर भयो । जसमा शर्माले ३४ हजार ४०२ मत प्राप्त गरेर तेस्रो पटक विजयी हुनुभयो । कुल सदर मतको यो ६६.२७ प्रतिशत हो । २०७० को निर्वाचनमा भन्दा ४ हजार १३२ मत बढी आएको थियो ।

त्यसैगरी २०७९ मसिर ४ मा भएको चुनावमा शर्माले चौथो पटक पनि शानदार जित हाँसिल गर्नुभयो । रुकुम पश्चिममा ६० हजार १११ मत खसेको मध्य ५७ हजार २९५ मत सदर भयो । शर्माले ३९ हजार ५४९ मत ल्याएर विजय हुनुभयो । सदर मतको यो ६९.०३ प्रतिशत हो । २०७४ को चुनावमा भन्दा यो चुनावमा शर्माले ५ हजार १४७ मत बढी ल्याउनुभएको हो ।

२०६४ र २०७० सालमा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार हुनभएका शर्मा २०७४ सालको चुनावमा नेकपा एमालेसँगको गठबन्धनबाट र २०७९ मा वाम गठबन्धनको तर्फबाट उहाँ उम्मेदवार हुनुभएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १२:११
प्रतिक्रिया दिनुहोस्