Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जन्मदिन मनाउने खर्चले स्वास्थ्य इकाईलाई सामाग्री प्रदान

२०७९ मंसिर ११
tribeni2

रुकुम पश्चिम / आफ्नो जन्मदिनको मनाउने खर्चले एक सरकारी कर्मचारीले आफू कार्यरत कार्यालयमा अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउनुभएको छ ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ गैरिनेटामा रहेको सामुदायीक स्वास्थ्य इकाईमा कार्यरत अनमि सुजाता खड्काले आफै कार्यरत कार्यालयमा सामाग्री उपलब्ध गराउनुभएको हो ।
सामुदायीक स्वास्थ्य इकाई समितिका सदस्य रेनुका खड्काका अनुसार सुजाताले आफ्नो जन्मदिन मनाउने खर्चले स्वास्थ्य इकाईमा अत्यावश्यक सामाग्रीहरु उपलब्ध गराउनुभएको हो ।

जन्मदिनमा भोज गरेर फजुल खर्च गर्नुभन्दा पनि स्वास्थ्य सस्थामा अत्यावश्यक कार्यालय सामाग्रीहरु दिन उपयुक्त ठानेर आफूले पाँच हजार मूल्य बराबरको सामाग्री उपलब्ध गराएको अनमि खड्काले जानकारी दिनुभयो । खड्काले केहि समय पहिला परेको आफ्नो जन्मदिनकै दिनमा आफू बिरामी भएर अस्पतालमा भएकोले सामाग्री दिन नसकेको तर अहिले कार्यालयमा उपलब्ध गराएको बताउनुभयो ।

कार्यालयमा अभाव रहेका बिरामी जाँच गर्दा सुताउने सिरक, डसना, सिरानी, ताला, टिपेक्स, फिल्टर, बाल्टी, बाटा, जग लगायतका नियमित उपयोगी सामाग्रीहरु खरिद गरेर दिईएको हो ।

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्