Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा एक दिने आँखा शिविर सम्पन्न

२०७९ मंसिर ११
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिम सानीभेरी गाउँपालिकामा एक दिने आँखा शिविर सम्पन्न भएको छ ।

गाउँपालिकाको वडा नम्बर ११ मा शनिबार आँखा शिविर भएको हो । आँखा उपचार केन्द्र सल्लेको प्राबिधिक सहयोग र सानीभेरी गाउँपालिकाको आयोजना वडा स्वास्थ्य चौकी काफलबोटमा निःशुल्क आँखा जाँच गरिएको छ ।

उक्त शिविर जम्मा ९४ जना सेवाग्राहीले सेवा लिएका छन । जसमध्ये आँखाको मोतिविन्दु गुमाएका २८ जना विरामीको मंसिर २२ र २३ गते आँखा उपचार केन्द्र सल्लेमा निः शूल्क अप्रशेन हुने वडा अध्यक्ष भुपालसिं ओलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्