Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

घुम्ती शिविर मार्फत घरदैलोमै सेवा दिदै आठबिसकोट नगरपालिका

२०७९ मंसिर ११
tribeni2
  • सत्य बटाला

रुकुम पश्चिम / रुकुम पश्चिमको आठबिससकोट नगरपालिकाले घुम्ती शिविर मार्फत एकिकृत सेवा प्रवाह सुरु गरेको छ ।

आईतबार नगरपालिकाको वडा नम्बर १४ घेत्मा देखि शिविर सुरु गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले बताउनुभयो ।

जनताको घरदैलोमै सरकारको सेवा पुर्याउने उद्धेश्यले घुम्ती शिविर सञ्चालन गरिएको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहका अनुसार नगरपालिकाबाट प्रवाह गरिने सेवाहरुको विकेन्द्रीकरण गरेर सेवा प्रवाह गर्ने, सरल र सहज रुपमा सेवा उपलब्ध गराउने, सार्वजनिक सेवा प्रवाहलाई सेवाग्राही मैत्री बनाउने उद्धेश्यका साथ नगरपालिकाले एकिकृत सेवा प्रवाह घुम्ती शिविर संचालन गरेको हो ।

शिविरको पहिलो दिन वडा नम्बर १४ मा विभिन्न शिर्षकका १० वटा योजनाको सम्झौता गरिएको छ । यसका साथै पाँच जना अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरिएको नगरपालिकाका योजना शाखा प्रमुख रत्न परियारले जानकारी दिनुभयो ।

घुम्ती शिविर मंसिर १२ गते वडा नम्वर १३ घेत्मामा, १३ गते वडा नम्वर ६ मुलबजारमा, १४ गते वडा नम्वर ४ र ५ को चौतामा, १५ गते वडा नम्बर १ र २ को साझेवगरमा र १६ गते वडा नम्बर ३ को खदीमा शिविर संचालन गरिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १८:११
प्रतिक्रिया दिनुहोस्