Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राजीव विक्रम शाहको चुनावी खर्च १४ लाख

२०७९ मंसिर १२
tribeni2

जाजरकोट / जाजरकोट प्रदेश सभा (ख) बाट उम्मेदवार बन्नु भएका नेपाली काँग्रेसका राजीव विक्रम शाह चुनावी खर्च विवरण बुझाउनु भएको छ ।

उहाँ प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण बुझउाने जिल्लाको पहिलो उम्मेदवार बन्नुभएको छ ।

उहाँले आईतबार दिउँसो निर्वाचन कार्यालय जाजरकोट खलङ्गामा पुगेर चुनावमा लागेको खर्चको विवरण बुझाउनु भएको हो । उहाँले चुनावमा १४ लाख रुपैयाँ खर्च भएको बताउनु भएको छ ।

उहाँसँगै कर्णाली प्रदेश सभामा समानुपातिकतर्फ जाजरकोटबाट नेपाली कांग्रेसका उम्मेदवार बन्नुभएका गणेश अधिकारीले पनि आफ्नो चुनावी खर्चको विवरण बुझाउनु भएको छ । उहाँले चुनावमा ४२ हजार रुपैयाँभन्दा बढी खर्च भएको विवरणमा जनाउनु भएको छ ।

निर्वाचन आयोगका अनुसार चुनाव सम्पन्न भएको एक महिनाभित्र खर्च विवरण कार्यालयमा बुझाउनु पर्ने हुन्छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १२:११
प्रतिक्रिया दिनुहोस्