Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा तीन दिने निशुल्क स्वास्थ्य शिविर हुँदै

२०७९ मंसिर १२
tribeni2

रुकुम पूर्वमा तीन दिने निशुल्क स्वास्थ्य शिविर हुन लागेको छ ।

एक एक पाइला फाउण्डेशन र गोपाल बहादुर शाही परिवारको आयोजना तथा सिस्ने गाउँपालिकाको समन्वयमा रुकुमकोटमा यहि मंसिर १८ गतेदेखि २० गतेसम्म शिविर हुन लागेको हो ।

सिस्ने गाउँपालिका र त्यस आसपासका सर्वसाधारणहरुलाई प्रत्यक्ष लाभ हुने गरी शिविर संचालन गर्न लागिएको एक एक पाइला फाउण्डेशनका अध्यक्ष डा. सुमन थापाले जानकारी दिनुभयो ।

शिविरमा आँखा रोग एवम् मोतिबिन्दु शल्यक्रिया, चर्म रोग सेवा, छाति तथा फोक्सो रोग सेवा, कलेजो रोग सेवा, बाल रोग सेवा, जनरल मेडिसिन सेवा दिईने बताईएको छ ।

त्यसैगरी नाम, कान र घाँटी रोग सेवा, सामान्य शल्यक्रिया सेवा, दाँत रोग सेवा, स्त्री तथा प्रसुती रोग सेवा, प्याथोलोजी सेवा र फार्मेसी सेवा समेत शिविरबाट निशुल्क रुपमा प्रदान गरिने आयोजकले जनाएको छ ।

निशुल्क स्वास्थ्य सेवाको लाभ लिन जिल्ला अस्पताल रुकुम पूर्वले अनुरोध समेत गरेको छ । शिविर सिस्ने गाउँपालिका ५ मा रहेको रुक्मिणी माविमा संचालन हुने जनाईएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्