Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटमा ३६ जनालाई अपांगता परिचयपत्र प्रदान

२०७९ मंसिर १३
tribeni2

रुकुम पश्चिम / मुसिकोट नगरपालिकाका ३६ जनालाई अपांगता परिचयपत्र उपलब्ध गराईएको छ । सोमबार मुसिकोट नगरपालिकामा भएको अपांगता पहिचान तथा परिचयपत्र वितरण शिविर मार्फत उहाँहरुलाई परिचयपत्र प्रदान गरिएको हो ।

शिविरबाट दुई जनाले 'क' वर्गको (रातो), सात जनाले 'ख' वर्गको (निलो), १५ जनाले 'ग' वर्गको (पहेलो) र १२ जनाले 'घ' वर्गको (सेतो) परिचयपत्र प्राप्त गरेको नगरपालिकाले जनाएको छ । जम्मा ३६ जनालाई परिचयपत्र प्रदान गरिएको हो । 

मुसिकोट नगरपालिकाका उपमेयर एवम् अपांगता परिचयपत्र वितरण टोलीका संयोजक बिमल कुमार पुनका अनुसार सरकारले क र ख वर्गमा परेका अपांगता भएका व्यक्तिहरुलाई सामाजिक सुरुक्षा भत्ता दिने गरेको छ । उहाँका अनुसार क वर्गमा परेकाहरुले मासिक तीन हजार ९९० र ख वर्गका परेकाहरुले मासिक २ हजार १२८ रुपैयाँ पाउँने गरेका छन् ।

युराेपीयन युनियन, युनिसेफ र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा मानव अधिकारमा महिला तथा वालवालिका (सिविस) द्वारा सञ्चालित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन प्रणली सबलकिरण परियोजना ( ASPRO ) को सहयोगमा उक्त शिविर सम्पन्न गरिएको हो ।

ASPRO का सामुदायीक परिचालन अधिकृत गणेश खड्का अनुसार अपांगता भएका व्यक्तिहरुको पहिचान र उनीहरुलाई सामाजिक सुरक्षा भत्ताको सेवामा जोड्ने उद्धेश्यले शिविर आयोजना गरिएको हो । शिविरमा अपांगता भएका व्यक्तिहरुको सहभागिता बढाउन टोल टोलमा नक्शांकन समेत गरिएको खड्काले उल्लेख गर्नुभयो ।

शिविरमा आएका अन्य १८ जना व्यक्तिहरुको आवश्यक कागजात र प्रक्रिया नमिलेकोले पुनः शिविर मार्फत परिचयपत्र उपलब्ध गराउने उहाँले जनाउनुभयो ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्