Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

४१ गाई नियन्त्रणमा

सिराहा २९ बैशाख ।
tribeni2

सप्तरीको दक्षिणी सीमावर्ती बलान बिहुल गाउँपालिका १ मा पर्ने बलान खोलाबाट अवैध रुपमा सीमा कटाउन लागिएको ४१ वटा गाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहासँग सीमा जोडिएको बलान खोला हुँदै गएराती २ बजे अवैध रुपमा गाई भारततर्फ लैजान खोजिएको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले गाई नियन्त्रणमा लिएको हो ।

करिब एक लाख ४३ हजार रुपैयाँ मूल्य पर्ने गाई सीमा कटाउन खोज्नेहरु भने पक्राउ परेका छैनन् । उनीहरुको खोजी भैरहेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६  १४:०५
प्रतिक्रिया दिनुहोस्