Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

लैंगिक हिंसा बिरूद्वको १६ दिने अभियान वडास्तरमा मनाउँदै सानीभेरी गाउँपालिका

२०७९ मंसिर १३
tribeni2

रुकुम पश्चिम / लैंगिक हिंसा बिरूद्वको १६ दिने अभियान मंगलबार सानीभेरि गाउँपालिकाको वडा नम्बर ४ मा मनाईएको छ ।

मङ्सिर ९ गते शुक्रबार देखि मनाउन सुरु गरिएको यो अभियान मंसिर २४ गतेसम्म चल्ने छ ।

सो अवसरमा वडा कार्यालयले वडाका जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई काँसको थाली समेत बितरण गरेको वडा अध्यक्ष मनोज बुढाथोकीले जानकारि दिनुभयो । उहाँका अनुसार आर्थिक बर्ष २०७९/८० को स्वीकृत बार्षिक कार्यक्रम बमोजिम बिनियोजित भएको रकमबाट १/१ वटा काँसको थाली वडाका ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई सम्मानस्वरूप वितरण गरिएको हो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला रोका पुन, बालअधिकार अधिकृत मानवीर ओलि, वडा अध्यक्ष मनोज कुमार बुढाथोकी, वडा सचिब मनोज खड्का लगायत शिक्षक, जनप्रतिनिधि, सरोकारवाला लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १९:११
प्रतिक्रिया दिनुहोस्