Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भेरिनदि किनारमा महिलाको शव फेला

२०७९ मंसिर १४
tribeni2

रुकुम पश्चिम / भेरिनदि एक महिलाको शव फेला परेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ३ स्यालखोलाको कौछे बगरमा महिलाको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय चौरजहारीका अनुसार जाजरकोटको भेरी नगरपालिका १ रावतगाउँकी ५० बर्षिया दुर्पता रावतको शव फेला परेको हो ।

रावत मंगलबार दिउँसो २ बजे भेरिनदिमा पानी लिन गएको बेला चिप्लीएर बेपत्ता भएको बताईएको छ । बुधबार बिहान माछा मार्न गएकाहरुले नदि किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार रावतको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल जाजरकोट लिईएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्