Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोटको पाँच वटा वडामा घुम्ती शिविर सम्पन्न

२०७९ मंसिर १५
tribeni2
  • सत्य बटाला

रुकुम पश्चिम / घरदैलोमै सेवा दिने उद्धेश्यले एकिकृत घुम्ती शिविर सञ्चालन गरेको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले पाँच वटा वडामा शिविर सम्पन्न गरेको छ ।
बुधबारसम्म नगरपालिकाको वडा नम्बर ४, ५, ६, १३ र १४ मा शिविर सम्पन्न भएको हो ।

नगरपालिकाका अनुसार शिविरबाट वडा नम्बर १४ मा विभिन्न शिर्षकका १० वटा, वडा नम्बर १३ मा विभिन्न शिर्षकका ७ वटा र वडा नम्बर ६ मा विभिन्न शिर्षकका १० वटा, वडा नम्वर ५ मा ३ वटा, वडा नम्बर ४ मा २ वटा गरि जम्मा ३२ वटा योजना सम्झौता गरिएको छ ।

यसका साथै वडा नम्बर १४ मा ६ जना र वडा नम्बर १३ मा ७ जना गरि जम्मा १३ जना अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरिएको नगरपालिकाका योजना शाखा प्रमुख रत्न परियारले जानकारी दिनुभयो ।

गत आईतबार नगरपालिकाको वडा नम्बर १४ घेत्मा देखि शिविर सुरु गरिएको थियो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहका अनुसार जनताको घरदैलोमै सरकारको सेवा पुर्याउने उद्धेश्यले घुम्ती शिविर सञ्चालन गरिएको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहका अनुसार नगरपालिकाबाट प्रवाह गरिने सेवाहरुको विकेन्द्रीकरण गरेर सेवा प्रवाह गर्ने, सरल र सहज रुपमा सेवा उपलब्ध गराउने, सार्वजनिक सेवा प्रवाहलाई सेवाग्राही मैत्री बनाउने उद्धेश्यका साथ नगरपालिकाले एकिकृत सेवा प्रवाह घुम्ती शिविर संचालन गरेको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्