Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रवि लामिछानेलाई रुकुमबाट चिठी

२०७९ मंसिर १५
tribeni2

नवनिर्वाचित माननीय रवि लामिछाने ज्यु,
सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी ।

सर्वप्रथम सफल कार्यकालको लागि हार्दिक शुभकामना तथा बधाई ।

तपाईं निर्वाचित भए लगत्तै पनि पत्रकार भएको बेलाको जस्तो किसानलाई मल आपूर्ति गर्ने सस्थानमा स्ट्रीङ अप्रेसन गर्न थाल्नुभयो । हर्क साम्पाङ्गले सुर्जी खोलाको पानी झारे जस्तै आफै खानेपानी मुहानको झाडी सफा गर्न थाल्नुभयो । यी प्रयासहरु सबै ठिक छन् । तर अरुको क्षेत्राधिकार मिचेर अरुले गर्ने काम पनि आफै गरेर कति कामहरू भ्याउनु हुन्छ ? सधै यसरी नै साध्य पनि लाग्दैन ।

प्रारम्भका गरिएका यी पहलहरु निकै स्रहानिय छन् । अहिले स्थानीय सरकारले गर्नुपर्ने कामहरूलाई सबै तपाईंले गर्न थाल्नु भयो भने तपाईंको कतै न कतै राजनीतिक अपरिपक्वता ट्याग लाग्न सक्छ । संचार माध्यममा सस्तो लोकप्रियता खोजे जस्तो गरि खास आधिकारिक जिम्मेवारी नसम्हाल्दै राम्रै भए नि गरिने यस्ता कामहरूले तपाईंलाई भविष्मा आलोचित बनाउन सक्छ ।

मेरो विचारमा अहिलेलाई तपाईंका प्राथमिकता भनेको निम्न बमोजिम हुनु पर्ने छ ।

१) तपाईं व्यक्ति मात्र होइन, तपाईंको पार्टी देशको रास्ट्रीय चौथो पार्टी भएको छ । तपाईको प्राथमिकता भनेको आफ्नो पार्टीमा गहन छ्लफल गरि आगामी सरकार कस्तो बनाउने भनेर व्यापक गृहकार्य गर्नु पर्ने छ ।

२) तपाँई र तपाईंको पार्टीले अरुले अन्य जुनसुकै अट्कलबाजी गरेपनि चुनाव जित्ने मुख्य आधार भनेको जनताले सेवा प्रवाहमा खोजेको सुशासन, प्रदेशको संरचना प्रतिको जनआक्रोश र पुराना पार्टीले भन्दा नयाँ पार्टीले केही नयाँ उर्जाका साथ बोलेर मात्र होइन काम गरेर देखाउन सक्छन् कि भन्ने जनअपेक्षा हो । यो अपेक्षाको बीचमा आफै नीति निर्माण गर्ने तहमा तपाईं पुग्नु भएको छ । तसर्थ प्रभावकारी नीति निर्माण गर्ने, आफ्ना निर्वाचन क्षेत्रका भएका स्थानीय संरचनालाई असाध्यै कृयाशिल र कर्मशिल बनाउने, योजना निर्माण प्रक्रियामा सहभागी हुने र कार्यान्वयन प्रक्रियामा त्यस्को कडाइका साथ निगरानी गरि नतिजा ल्याउने गरि काम गर्नु पर्नेछ ।

३) जनताका दैनिक जीवनका ससाना आवश्यक्ता छन् । ती समस्या समाधानका लागि तपाईले आफै होइन ती कामहरू स्थानीय सरकारले गर्ने हो र तपाईंले स्थानीय सरकारलाई सहयोग गर्ने हो । किनकि तपाईंले सिस्टमको कुरा गरेर चुनाव जितेको हो नि ?

४) सबै युवाहरु रेमिट्यान्सको लागि प्रत्येक दिन घर छोडेर बिदेशिने क्रम व्यापक छ । यसलाई रोकेर आफ्नै देशमा रोजगारी सृजना गर्ने कार्यक्रमको गृहकार्य गर्नुहोस् । किनकी गाउँघर युवाहरु बिनाको रित्तो देश हुँदै छ र देशमा श्रम खर्चिने सकृय जनशक्तिको अभावमा देशको विकास गर्न सकिदैन ।

५) गुणस्तरीय शिक्षा, स्वास्थ्य र सुरक्षीत खानेपानीका लागि तत्काल गर्नु पर्ने कामहरू पनि धेरै नै छ ।

६) Good Governance : 1) Rule of the law 2) Accountability 3) Transparency 4) people's Participation 5) Inclusive etc.

अन्य कुराहरु त तपाईंको बाचा पत्रमा छ्दैछ । धन्यवाद ।

- नरेन्द्र के.सी.
मुसिकोट, रुकुम पश्चिम ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्