Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सरस्वती मावि भरतपुरमा आइसीटी क्लब गठन

२०७९ मंसिर १५
tribeni2

दाङ / दांगको सरस्वती माध्यमिक विद्यालय भरतपुर (काठेकोहल) मा सूचना तथा संचार प्रविधि (आइसिटि) क्लव गठन गरिएको छ । डिप्लोमा तह सूचना प्रविधि बिषयमा अध्ययनरत विद्यार्थीहरुको बिहिबार सम्पन्न भेलाले खुमराज केसीको अध्यक्षतामा २१ सदस्यीय आइसिटि क्लव गठन गरेको हो ।

क्लबको उपाध्याक्षमा नविन नाथ र देवियानी शाही, सचिवमा बिजय वि.क., सह—सचिवमा प्रिति चौधरी र कोषाध्यक्षमा पूर्णबहादुर खत्री सर्वसमत चयन हुनुभएको छ ।

समितिको सदस्यहरुमा सुवास वली, दिपक खड्का, अमृत भण्डारी, पुनम वली, गोमा घर्तिमगर, नविना विश्वकर्मा, सीता डाँगी, खिमा बिष्ट, अमृता बस्नेत, पुष्पा घर्तिमगर, विद्या खड्का, राहुल बुढामगर, लक्ष्मण वली, भरत वली र सुरेश पुन मगर रहनु भएको छ ।

कम्प्यूटर एशोसियशन अफ नेपाल क्यान महासंघ दाङका अध्यक्ष कर्ण पुनको सभापतित्व एंव विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयमा सहायक प्रधानाध्यापक प्रकाश डाँगी, कार्यक्रम कोर्डिनेटर हेमराज शर्मा, शिक्षकहरु सुरेन्द्र रिजाल, आशिष आचार्य, राजिव बस्नेत लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको सहजिकरण क्यान महासंघ दाङका बरिष्ठ उपाध्याक्ष माधव अधिकारीले गर्नु भएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्