Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाजरकोटमा मोटरसाईकलले ठक्कर दिदा एक महिलाको मृत्यु

२०७९ मंसिर १५
tribeni2

जाजरकोट / बिहिबार जाजरकोटमा मोटरसाइकल ठक्करले एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको भेरी नगरपालिका –४ की ६१ बर्षीया विजया शाहीको मृत्यु भएको हो ।

भेरी नगरपालिका –३ तल्लो थाप्लेमा पैदल हिँडिरहनुभएकी शाहीलाई ०२००१ प ७८८६ नम्बरको मोटर साइकलले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएको थियो । उपचारका लागि नेपालगन्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

बिहीबार बिहान सदरमुकामस्थित तल्लो थाप्लेमा पैदल यात्रा गरिरहनुभएकी शाहीलाई विपरीत दिशाबाट आउँदैगरेको मोटरसाइकलले ठक्कर दिएको थियो ।

भेरी नगरपालिका –३ का २७ वर्षीय विनोद विकले चलाएको मोटरसाइकलले शाहीलाई ठक्कर दिएको थियो । चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्