Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाँफिकोटमा ७० जनालाई मोतियाविन्दु पुष्टि

२०७९ मंसिर १५
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा ७० जनालाई मोतियाविन्दुको समस्या देखिएको छ । ५४१ जनाको आँखा जाँच गर्दा ७० जनामा मोतियाविन्दुको समस्या देखिएको हो ।

जिल्लामा मोतियाविन्दुको समस्या पहिचानको लागि आँखा उपचार केन्द्रले बाँफिकोट गाउँपालिकामा आँखा जाँच शिविर संचालन गरिरहेको छ ।

आँखामा विभिन्न समस्या भएकाहरुको लागि बाँफिकोट गाउँपालिकाको विभिन्न ठाउँमा पनि तीन दिनसम्म शिविर संचालन गरिएको आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न वडाको पायक पर्ने ठाउँमा शिबिर संचालन गरिएको हो ।

पहिलो दिन वडा नम्वर २ मा गरिएको शिबिरमा २ सय ५० जनाले आँखा चेकजाँच सेवा लिएका छन् । जसमा ४१ जनामा मोतियाविन्दुको समस्या देखिएको आँखा उपचार केन्द्र सल्लेका प्रमुख केसीले जानकारी दिनुभयो । त्यस्तै ७८ जनालाई निशुल्क चस्मा पनि वितरण गरिएको थियो ।

वडा नम्वर ६ मा दोस्रो दिन भएको शिबिरमा १ सय ४८ जनाको आँखाको जाच गरिएकोमा १३ जनामा मोतिया विन्दुको समस्या देखिएको छ । ३९ जनालाई निशुल्क चस्मा वितरण गरिएको थियो । अन्तिम दिन अर्थात आज वडा नम्वर ४ छिनखेतमामा भएको शिबिरमा १ सय ४६ जनाले आँखा जाँच गराएका छन् । जसमा ५८ जनामा मोतियाविन्दुको समस्या देखिएको आँखा उपचार केन्द्र सल्लेका प्रमुख केसीले जानकारी दिनुभयो । तीन दिन सम्म संचालन भएको शिबिरमा १ सय ४१ जनालाई निशुल्क चश्मा वितरण गरिएको थियो ।

नेपाल नेत्रजोतीसंघ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग, बाँफिकोट गाउँपालिकाको समन्वय र आँखा उपचार केन्द्र सल्लेको प्राविधिक सहयोगमा जिल्लाका विभिन्न ठाउँमा शिबिर भैरहेको छ । शिबिरमा मोतियाविन्दु भेटिएका विरामिहरुको लागि २२ र २३ गते सल्लेमा अप्रेसन शिबिर आयोजना गरिने छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १९:१२
प्रतिक्रिया दिनुहोस्