Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

क्रसर उद्योगले पानी सुकेपछि ....

चितवन २९ बैशाख ।
tribeni2

चितवनमा पानीको मुहान सुकेपछि कालिका नगरपालिका ६ का करिव ६ सय घरधुरीमा खानेपानीको चरम अभाव भएको छ ।

बासँघारी मझुवा बुलबुले खानेपानी उपभोक्ता समुह र मझुवा बुलबुले खानेपानी उपभोक्ता समुहमार्फत उपभोग गरीरहेको पानीको मुहान सुक्दा उपभोक्ता प्रभावित भएका छन ।

मनकामना कंक्रिट उद्योगले पानीको मुहान नजिकै उद्योग स्थापना गर्नेक्रममा खानेपानीको मुहान सुकेको मझुवा बुलबुले खानेपानी उपभोक्ता समुहका अध्यक्ष ज्ञानु कुमालले बताउनुभयो । पानीको मुहान नै सुकेपछि पानी व्यवस्थापनका लागि नगरपालिकाले समिति बनाएर व्यवस्थापनको जिम्मा लगाएको मेयर खुम नारायण श्रेष्ठले बताए ।

क्रसर सञ्चालक मनकामना कंक्रिट उद्योगका अध्यक्ष भेषराज दुवाडीले खानेपानीका लागि डिप बोरीङको व्यवस्था गर्ने काम भईरहेको बताए ।

नगरपालिकाले क्रसर उद्योग सो स्थानबाट हटाउने निर्णय गरेको छ ।

 

प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६  १४:०५
प्रतिक्रिया दिनुहोस्