Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

यस्ता छन् सल्यानको बनगाड कुपिण्डे नगर कार्यपालिका बैठकका निर्णयहरु

२०७९ मंसिर १५
tribeni2

सल्यान / बिहिबार सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नगर कार्यपालिका बैठक सम्पन्न भएछ ।

बैठकमा विभिन्न निर्णयहरु पारित गरिएको वडा नम्वर ३ वडा अध्यक्ष तथा प्रवक्ता धनबहादुर पुनमगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार टोलटोलमा गएर खेतीयोग्य जग्गाको भू वर्गीकरण गरि २१ गते सम्म नगरपालिकामा बुझाउने, वर्षाको समयमा सरसफाइ गरिएको सडकको भुक्तानी दिने, वर्षाको समयमा क्षति  भएको घर तथा ठाउको अनुगमन तथा मुल्यांकन गर्ने निर्णय भएको छ ।

साथै सडक बाहेक योजनाको समितिहरु बनाएर सम्झौता प्रक्रिया अगाडि बढाउने निर्णय समेत भएको प्रवक्ता पुनमगरले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १९:१२
प्रतिक्रिया दिनुहोस्