Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा प्रधानाध्यापकहरुको लागी अभिमुखीकरण कार्यक्रम हुदैं

२०७९ मंसिर १६
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा रहेका प्राधानाध्यापकहरुको लागी अभिमुखीकरण कार्यक्रम हुने भएको छ ।

सानीभेरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकूद शाखा सिम्लीको आयोजनामा प्राधानाध्यापकहरुको लागी एक दिने अभिमुखीकरण कार्यक्रम हुने भएको हो । गाउँपालिकामा कार्यरत सबै प्रधानाध्यापकहरुको लागि गाउँपालिकाबाट सञ्चालन हुने शिक्षा सम्बन्धि सशर्त कार्यक्रमहरुको अभिमुखीकरण हुन लागेको शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख भूपालसिं विष्टले जानकारी दिनुभयो ।

शिक्षा शाखा प्राविधिक सहायक प्रेमबहादुर विष्टका अनुसार अभिमुखीकरण कार्यक्रम आगामी मंसिर १९ गते सोमबारका दिन शिक्षा युवा तथा खेलकुद शाखा सिम्लीमा हुने छ ।

अभिमुखीकरण तालिम प्रश्चात विद्यालयमा हुने सशर्तका कार्यक्रमहरु प्रभावकारी र सुशासन युक्त हुने अपेक्षा राखिएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्