नेभिगेशन
समाज

रुकुममा १८ वर्षका युवाद्वारा ५९ वर्षिया महिला बलात्कृत !

रुकुम पश्चिम / एक महिलालाई बलात्कार गरेको आरोपमा रुकुम पश्चिममा एक युवा पक्राउ परेका छन् । बलात्कार आरोपमा जिल्लाको सानीभेरी गाउँपालिका ७ फुक्रुका १८ वर्षिय सन्तोष पुन पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार १४ गते बुधबार बेलुका करिब साढे आठ बजे पुनलाई ५९ वर्षिया एक महिलालाई जबरजस्ति करणी गरेको आरोपमा पक्राउ गरिएको हो । पुनलाई १५ गते नै पक्राउ गरेर जबरजस्ती करणीको मुद्धा चलाईएको छ ।

पुनले महिलालाई कुटपिट समेत गरेर घाईते बनाएका थिए । महिलालाई जिल्ला अस्पताल सल्लेमा उपचारपछि थप उपचारको लागि जिल्ला बाहिर पठाईएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । महिलाको शरिरका विभिन्न भागहरुहरुमा कुटपिट गरिएका निलडामहरु हुनका साथै रक्तश्राव भएको बताईएको छ ।

जानकारी अनुसार पुनले महिलाको घरमा गएर कोठा थुनेर जबरजस्ती बलात्कार गरेका हुन् । महिलाले प्रतिकार गर्न खोज्दा कुटपिट गरेको हुनसक्ने बताईएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज