Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानको काफलपानीका स्थानीय पहिरोको डरले सुत्दैनन् रातभर, २४ घर उच्च जोखिममा

बस्ती स्थान्तरणका लागि नगरपालिकाले प्रयास गर्ने
२०७९ मंसिर १६
tribeni2

सल्यान / बनगाड कुपिण्डे नगरपालिका ४ काफलपानी पहिरोको उच्च जोखिममा रहेको छ । असोजमा आएको एक हप्ता लामो वर्षातको कारणले उक्त क्षेत्र उच्च जोखिममा परेको हो । त्यस गाउँका २४ घर उच्च जोखिममा परेका छन ।

स्थानीयका अनुसार काफलपानीका घरहरू भएको ठाउँ पुरै केही फिट तल भासिएको छ । स्थानीयहरु जोखिम मोलेर नै त्यस ठाउँमा बस्न बाध्य भएका छन् ।

पीडित मेघराज गिरिका अनुसार उहाँको घर र मिल जोखिम परेको छ । उहाँको मिल ३ महिना देखि बन्द अवस्था रहेको छ । मिल बनाएर राखिएको जमिन केहि फिट तल बसेका कारण मिलका सम्पुर्ण मेसिनरी औजारहरु बिग्रिएका छन् ।

गाउँनै जोखिममा रहँदा पनि आफुहरुलाइ राज्यले कुनै पनि चासो नदिएको स्थानीयको गुनासो रहेको छ । पीडित शसिराम कामीले भने घर जोखिम बन्दै भएकोले सुत्दा पनि निद्रा नलाग्ने बताउनुभयो । परिवार कसरी बचाउने भन्ने पीरमा रहेको उहाँको उल्लेख गर्नुभयो । आफ्नो बस्ने ठाउँ अन्यत्र नभएकोले भगवान भरोसा भन्दै जोखिमपूर्ण घरमा बस्न बाध्य भएको कामीको भनाइ छ ।

बस्ती स्थानन्तरणका लागि पहल गर्छौं : नगर प्रमुख बुढाथोकी

बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले उक्त बस्ती असाध्यै जोखिममा रहेकोले त्यसलाई स्थान्तरको लागि पहल गर्ने बताउनुभएको छ । त्यस ठाउको अनुगमन गर्न पुगेका नगर प्रमुख बुढाथोकीले विभिन्न निकाय सङ्ग समन्वय भैरहेको र जनताको आवश्यकता अनुसार पहल गर्ने बताउनु भयो ।

राज्यले लिएको ठाउँमा पीडितहरु जान सक्ने वा नसक्ने त्यो विषय भने केही सुझाव लिएर आफुले सक्दो पहल गर्ने उहाँले बताउनुभयो । सम्बन्धित निकाय सङ्ग समन्वय गरेर नगरपालिका भित्रका जोखिम बस्तिहरु स्थान्तरण गरिने नगर प्रमुख बुढाथोकीले बताउनु भयो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्