Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विद्यार्थीलाई झोला र शैक्षिक सामाग्रि वितरण

२०७९ मंसिर १६
tribeni2

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर ११ मा विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि र झोला वितरण गरिएको छ । आज वडा कार्यालयमा एक कार्यक्रमका विच वडामा रहेका ६ वटा विद्यालयका एक सय विद्याथिहरुलाइ झोला र शैक्षिक सामाग्रि वितरण गरिएको हो ।

विद्यालयले छनोट गरि पठाएका गरिव परिवार, दलित तथा जेहन्दार विद्यार्थीलाई वडाले झोला र शैक्षिक सामाग्रि वितरण गरेको वडा सचिव कमल पुनमगरले बताउनुभयो । उहाँका अनुसार झोला संगै कापि, कलम लगायत विद्यार्थीलाई पठन–पाठनमा आवश्यक सामाग्रि वितरण गरिएको हो ।

वडा कार्यालयले शैक्षिक सामाग्रि वितरणको लागि १ लाख ७० हजार रकम विनियोजन गरेको थियो । वडा अध्यक्षले वडा कार्यालयमै बोलाएर विद्यार्थीहरुलाई सामाग्रि तिरण गर्नुभएको हो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्